आलुदम्
दुर्गा सापकोटा
नर्थ डाकोटा, अमेरिका
दाना उसिन्दा अनि तास्न छिट्टो
पर्पर् भुटेको कति स्वाद मीठो।१।
हल्दी जिराको पनि मिल्छ वास्ना
यो आलुदम् खै कति धेर मीठो।२।
खानू सबैले एक पल्ट चाख्नू
के हुन्छ त्यस्तो अति धेर मीठो।३।
यस्तो छ हेर्दा अनि स्वाद कस्तो
भन्नै नपर्ने म त मान्छु मीठो।४।