ईश्वर अनि मेरो स्वतन्त्र विचार

कवि
कवि

हरि पि चम्लागाईँ
नर्थ कारोलाइना, अमेरिका

झुकिएर म हिन्दु परिवारमा जन्मिए
त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए।
म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं
ममा मेरो धर्म र ईश्वर मात्र सत्य हो भन्ने छाप बस्यो
अरू सबै झुट हो, बनावटी हो ।

आज म एक स्वतन्त्र व्यक्ति हुँ
स्वतन्त्र विचार राक्छु, स्वतन्त्र भै बाच्न चाहान्छु ।
कसैको प्रमाण बिनाको दाबीमा विश्वास गर्दिन
म सधैँ असल मान्छे भै असल जीवन जिउने कोसिस गर्छु ।
ईश्वर छ या छैन, म तब मात्र सोच्ने गर्छु –
जब जब धर्मको नाममा अन्धविश्वास, युद्ध, असमानता र भेदभाब देख्छु।
तर विज्ञानद्वारा संसार बुज्न खोज्दा,
ईश्वरको कुनै अस्तित्व र आवश्यकता देख्दिन।

फेरी सोच्दछु, ईश्वर भए पनि नभए पनि,
मलाई के फरक पर्छ र?
यदि, ईश्वरको दाबी गर्नेहरुले कुनै अशाधारण प्रमाण देखाए भने पनि
म ईश्वरलाई ब्रम्हाण्डको यौटा यथार्थको रुपना मात्र लिनेछु
पूजा, ढोग, भेटि र प्रार्थना आदि भने कदापि गर्ने छैन
किनकि मलाई थाहा छ, मेरो जीवनमा जे हुन्छ
मेरो आफ्नै विचार, निर्णय, कार्य अनि परिवेशको फल हो
र यो नियम सबैलाई लागु हुन्छ ।
धर्मको नाममा जातीय भेदभाब, छुवाछुत, वा युद्ध
कहिल्यै कसैसँग पनि गर्ने छैन
लैंगिक भेदभाब अनि अबोध बालबालिकाको जनिन्द्र्य छेदन पनि गर्ने छैन
ब्यतिगत स्वतन्त्रताको सधैँ सम्मान गर्नेछु
सेवा र सहयोग स्वोर्ग को आशा वा नर्क को डरले मात्र गर्ने छैन
आखिरी, आज ईश्वर नभए पनि म एक चेतनसिल र जिम्मेवार मान्छे हुँदै हुँ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *