उनकै लागि त हो

भावना गिरी
क्यानाडा

सिउँदोमा सिन्दूर भरेकी छु
हातमा उनीलाई कोरेकी छु
गुलाफबाट लाली चोरेकी छु
उनकै लागि त हो

जानी नजानी रातो सारी बेरेकी छु
गलामा हरियो पोते भिरेकी छु
सुनकेस्री केस लाछामा घेरेकी छु
उनकै लागि त हो

स्वर्गबाट भर्खर झरेकी छु
उनकै गाउँ आज मात्रै सरेकी छु
ओठमा अनमोल मुस्कान छरेकी छु
उनकै लागि त हो

सोमबारे व्रत बसेकी छु
त्यो मुटुको कोठामा पसेकी छु
दिलकै कविता रचेकी छु
उन्कै लागि त हो

महादेव नै ठानेकी छु
सात जुनीको सहयात्री मानेकी छु
नारी हरियो चुराले बानेकी छु
उनकै लागि त हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *