एनेस्थेस्सियाले ग्रस्त समय
शिवलाल दाहाल
केन्टकी, अमेरिका
हिजो हिँडेको बाटो नै बाटो भइदिएन
हिजोको विश्वास नै विश्वास नै भइदिएन
सताप्दियौँ अघिदेखि स्थापित मान्यता नै मान्यता भइदिएन
हिजोको आचार–संस्कार नै आचार–संस्कार भइदिएन
हिजो अर्जेको ज्ञान नै ज्ञान भइदिएन
जिन्दगीको शल्यक्रिया भइरहेछ क्षणक्षणमा
यतिखेर म
एनेस्थेसियले ग्रस्त समयको कठघरामा उभिएको छु
र सुम्पिदिएको छु जिन्दगीको सम्प्रभूता
जसरी गरेको पनि हुन्छ शल्यक्रिया
मुटु, मस्तिक, कलेजो जहाँ जहाँ चिरेपनि हुन्छ
छैन मेरो प्रतिरोध
छैन मेरो विद्रोह
चुपचाप चुपचाप पल्टिदिएको छु
यो अप्रेसन थिएटरमा
मेरो विगतलाई सूम्पिदिएर
मेरो भवितालाई लिलाम गरिदिएर
आऊ फोर मेरा अङ्ग–अङ्ग
बेचिदेऊ पोका पोका मासु
तिमीलाई मन लागेको मूल्यमा
इदिअमिनहरुलाई निम्तो छ
हाटबजारमा…………..