कवि एक्जाइल्ड भूट्निजका दुई छोटा कविताहरु

एक्जाइल्ड भूट्निज
झापा, नेपाल

१. इतिहास

उहिल्यै त हामी
दुखलाई दुख नै भन्थ्यौँ

सरकार !
उहिल्यै त हामी
दुखलाई दुख नै भन्थ्यौ ।

‘जि.एन.एच’ अर्थात
‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ ।

२. रासनको राजनीति

रासन थिएन
हामी भोकै थियौँ

तिनीहरु आए
हामीलाई रासन दिए
हामी झन्-झन् भोकै भयौँ

रासन नहुदाँ हाम्रो पेट खाली थियो
रासन लिएपछि दिमाग खाली भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *