केही रुबाई

Dev Bhandariदेव भण्डारी
नर्थ क्यारोलाइना, अमेरिका

१

कान्छीको भट्टीले मलाई भोगी बनायो,
पैसा सबै मासेर मलाई जोगी बनायो,
मैँले खाए सुरुमा, अहिले उसले खान्छ,
फोक्सो सबै खायो अनि रोगी बनायो !!

२

आज फेरि मलाई राष्ट्र जोगाउन गा’को, भाइको याद आयो,
संस्कृति जोगाउन, ज्यानको बाजी ला’को, दाइको याद आयो,

महंगा-सवारी, महंगा-घर किन नहोस् परदेशमा,
बगरमा बालुवा खा’को, माईको याद आयो !

३

तिमी हाँस्दा संसार हाँस्छ, हाँसिरहु न सानु,
तिमी नाच्दा संसार नाच्छ, नाँचिरहु न सानु,
तिम्रो छाया ओझेल हुँदा मलाई साह्रो पर्छ,
तिमी बाँच्दा म बाँच्छु, बाचिरहु न सानु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *