केही हाइकु
Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan
जून पोखियो
सेताम्मे धर्तीभरि
तिम्रो रोदन!
हावाका फूल
बादलको देशमा
तिम्रो चाहना!
वसन्ती हावा
दागयुक्त चन्द्रमा
तिम्रो क्रन्दन!
काँपिरहेछ
गजलको खम्बामा
झिनो साहित्य!
छेउमा मुसा
नजिकै छ गोमन
तिमी खोइ हँ?