क्रिष्टोफर पाइलाहरु
डोना आचार्य
पिए, अमेरिका
अनेकन् सन्तापहरू
दिनानुदिन बढिरहँदा
हामी निरीह
पछ्याइरहन्छौँ
क्रिष्टोफर पाइलाहरू।
हारेर बाँच्नुभन्दा
जित्नलाई मर्नु राम्रो
यी भावना हुन्
पटक-पटक हारियो जीवनसँग
त्यसैले
हार्नु जित्नुभन्दा
बाँच्नु अहम् बनेको छ।
मानवजाति आक्रान्त छ
मान्छेसँग डर
परिवर्तित हावापानी
संसारमा जीवहरूको
नयाँ समीकरण खोजिरहेछ।
तापमान बड्दो छ
रोगहरू थपिँदा छन्
सन्तापहरू नियति बनिरहँदा
क्रिष्टोफर पाइलाहरू।
la its good to see this here. Do more.