खुसी

कवि
कवि

खगेन्द्र गौतम
क्यानाडा

खुसी ! यो फरक समयमा आहुने पल,
एक नास रहिरहन सक्दैन ।
सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ,
कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ।

रणभूमिमा उत्रिएको योद्धालाई सोधौँ,
उसको खुसी कहाँ छ?
अनि, विवाहका लागि सिंगारिएका युगल जोडीलाई सोधौँ,
उनीहरूको खुसी कहाँ छ?

युद्ध अन्त्य हुने आशामा सैनिक लडिरहेको हुन्छ,
मदहोसमा रमाउने उमङ्गमा नवजोड़ी बाचेको हुन्छ।

मात्र अवसर र आगमन नमिल्न सक्छ,
तर खुसी जीवनमा सदावार रहिरहन्छ।

विश्वासमा बाच्नेहरु धेरै छन् यहाँ,
जो जीवनको उच्चतम प्रयोग गर्दछन्।
निराशमा डुब्नेहरु उस्तै छन् यहाँ,
जो पल पलमा तड्पिरहेका हुन्छन्।

तड्पाई र वेदनामा जिउनेहरु,
एक पलकै खुसीका लागि बाँचिरहेका हुन्छन्,
अनि देख्दछन् खुसी, प्राप्ति र त्याग दुवैमा।
तर विडम्बना, मानिस धैर्य गर्न सक्दैन
त्यसैले त ऊ खुसी गुमाउँछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *