खै के छ त नाममा ?

डोना आचार्य/ पीए, अमेरिका

मलाई जसो भने पनि म नै हुँ-
कोही कोही
मलाई धोएर परिवर्तन गर्न चाहन्छन्
बाहिर-बाहिर पखालिए नि
मेरो मन
मेरो तन
मेरो जीवन
मेरो, म हुनुको धरातल
धोई मरे धोइन्न
गर्व छ अपनत्वमा

क्षमा
माया
दया- अडिगता
स्वप्रेम –
मेरो नाममा छ

मलाई
आफू-असल ठहर्न
अर्कालाई गाली गर्नुपर्छ
भन्ने लाग्दैन
न लाग्छ मलाई
लालसायुक्त दयाको खेती
परोपकार हो!

मेरो नाम
मेरो परिचय हो
मलाई-
मेरो नामले भविष्यमा
खोज्नु नपरोस्

दामले नामलाई
न खिचे हुने न जिते हुने !
सुन्छु

One Reply to “खै के छ त नाममा ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *