गजल-११४

दलबीर सिंह बराइली ‘घायल’
नेपाल

गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन
सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन

जो बँच्छ समय सेवामा लगाऊँ, मानव भएर, खराब कामले बद्नाम नबनौं
भोलि त अवस्य त्याग्नुछ देह यो,  प्राण त्यागे निः परमधाममै जाओस् जीवन

छोडेर गाउँ यो झर्दैछौं शहर,दुर्गन्ध उस्तै छ, तर खै बुझ्दैनौं हामीले कहिल्यै
सफा छ मौसम पुग्दैछ सुबिधा,फर्कौं है साथी, प्यारो यो गाममै जाओस्  जीवन

बाध्यता  प्रवासी हुनु निः अशान्ति भएर,आफ्नै हो देश यो गरीब भए’निः
सम्पत्ति कमाई, सकेको बचाई, देशमै फर्केर,जन्मेको ठाममै जाओस् जीवन

अँध्यारो पार्नु लौ हुन्न मन त्यो औंसीको रातझैं, झरेको पात झै ‘घायल’ तिमीले
खुशीको बिहानी छावोस सँधै नै,कहिल्यै नछुट्ने,चम्किलो घाममै जावोस् जीवन

हाल: अबुधाबी, युएई

2 Replies to “गजल-११४”

  1. acharya prabha

    यो साइटमा मैले धेरै रचना पठाई सकें तर अहिले सम्म मेरो रचना हेर्न पाएको छैन / कि रचना उत्कृष्ट नभएर हो कि ?मेरो जिज्ञासा /

Don't have a Facebook account? Please, use the form below with other options!