गजल-१२२

झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया

अन्जानैमा गल्ति भए नझर्किनु है,
अघि बढ्दा बढ्दै पछि नफर्किनु है |

कोमल अंगहरुमा वैंसले भरिएकी,
मिठो वैंस जता भावी नछर्किनु है |

कल्पनाको सागरभित्र अटाइसकेको छु,
आँखा जुधे काहीँ कतै नतर्किनु है |

नशालु छन् नयन, लजालु छ मुहार,
सुन्दर फूल साथमा बोकी नसर्किनु है |

Don't have a Facebook account? Please, use the form below with other options!