गजल-१४५

गजलकार

कृष्ण “संघर्ष”
एडिलेड, अष्ट्रेलिया

कालो शासन मोडन छोड रकेट आजै देखि
तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि

चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले
तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि

निरंकुसको प्रतिसोधमा चलाउ पद संघर्षमा
ढल्ले केहि हुन्न लाउ आत्मागाती लकेट आजै देखि

मुखमा राम-राम बगलीमा छुरा गर्नेहरुको
“संघर्ष”मा शिर बोक्ने बनाउँ पकेट आजै देखि

Don't have a Facebook account? Please, use the form below with other options!