गजल-१५५
विकाश धमला ‘प्राञ्जल’
एडिलेड, अष्ट्रेलिया
बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई
मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई
रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा
बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई
झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले
अनि हात सुम्सुम्याउँदा मैसँग लरेर गई
एकोहोरो नजरको पासो थापी लठ्ठ पार्दै
कानेखुशी गर्छु भन्दै चुम्बन गरेर गई
वैंशालु मन सँगै बस्दा के-के गर्न लगाउँछ
औंलामात्र के छोए’थें अलि उता सरेर गई