गजल-१५७

गजलकार

सुदर्शन पोखरेल,
डेनमार्क

सत्याग्रह थालेछन् उता राम्देवले
पत्यारग्रह थालेछन् एता बाम्देवले

कुरा एउटै भए पनि बाटा अनेकछन
भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले

घाउ दुख्ने पनि अनेकतिर बनाउँछ
तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले

बिचित्रनै देखिदैछ सारा बिश्व भित्र
कुरा पनि लुकाउँदैछन उता खामदेवले

देशप्रेम देश भक्ति हराएर गयो
देश सबै अस्तव्यस्त उता जामदेवले

3 Replies to “गजल-१५७”

  1. Sushil Pokhrel

    सुदर्शन बन्धु,
    तपाईको छोटो र चाख लाग्दो रचनाभित्रका कल्पना शैलीको छुट्टै विशेषता रहेको छ | मन पर्यो | यो क्रम जारी रहोस |
    सुशील पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *