गजल-१६१

गजलकार
गजलकार

प्रकाश धमाला,
एडिलेड, अष्ट्रेलिया

हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे
हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे

मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी
शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे

माटोसंगै साइनो गाँस्दै, माटो बिना मर्छ गरीव
दास व्यवहार दानव भन्दै राजा नारा लाउँछ मान्छे

एक छाक टार्नलाई मालिक कै पाउ छुनु पर्ने
मरुन् गरीव भोकै भन्दै खाजा नारा लाउँछ मान्छे

One Reply to “गजल-१६१”

  1. Pasupati Acharya

    गजल मार्मिक छ. पर्गती हुदैछ. गजलकार भन्नु पर्छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *