गजल-१६२

गजलकार

बृजेश गौतम
डेनमार्क

सपना सबै पुरा हुन
उडी माथि चन्द्र छुन

परोपकार र माया छान
यौटा मीठो कथा बुन

जीत-हार नसम्झिनु
सधैं तिम्रो मुटु सुन

नयाँ सोच, ठूलो सोच
स्वार्थ माथि भलो चुन

बिघ्न बाधा आउलान् कतै
सेलाउन न देऊ खुन

कोही पनि पूर्ण छैन
न भा माथि हेर जुन

गाह्रो छ है भाइ बहिना हो
बच्चाबाट मान्छे हुन

 

One Reply to “गजल-१६२”

  1. krishna pokharel, solukhumbu, nepal

    बृजेश गौतम भाई,
    गजल राम्रो लाग्यो, डेनमार्कको भूमिले यौटा गोर्खालीलाई जीवन मूल्य सिकाएछ , मान्छेलाई पूर्ण मानब हुन समय लाग्छ , धैर्य गर्न सक्नु पर्छ भन्ने संदेश गजलले दिएको बुझेको छु ,
    कृष्ण पोखरेल, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *