गजल-१७०

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम
नर्वे

पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ
ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ

धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे
किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ

फूलहरु फुलिराथे, बसन्तको मोहनीथ्यो
तर कुन्नी किन होला बतास कै कुरा गर्‍यौ

तिम्रालागि गीत रचें, तिम्रो मृदु मुटु सम्झी
धर्ती छोडी उड्ने अरे, तमास कै कुरा गर्‍यौ

सत्यतामा बाँच भनी, कामनाले पुजें सधैं
कठोरता कहीं छैन, कपास कै कुरा गर्‍यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *