गजल-१७०

रमेश गौतम
नर्वे

पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ
ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ

धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे
किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ

फूलहरु फुलिराथे, बसन्तको मोहनीथ्यो
तर कुन्नी किन होला बतास कै कुरा गर्‍यौ

तिम्रालागि गीत रचें, तिम्रो मृदु मुटु सम्झी
धर्ती छोडी उड्ने अरे, तमास कै कुरा गर्‍यौ

सत्यतामा बाँच भनी, कामनाले पुजें सधैं
कठोरता कहीं छैन, कपास कै कुरा गर्‍यौ

Don't have a Facebook account? Please, use the form below with other options!