गजल :२०७

गजलकार

अनु राई
डेनमार्क

कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ
सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ

नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा
पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ

दुखी थिएँ चोट दियौ आँसु पुच्दै रमाइरहे
रमाएरै जिउन खोजेँ पल-पल फेरि मारिदियौ

हाँसो छैन खुशी छैन कता के-ले बारिदियौ
जीवन भर दु:ख दिई जिन्दागानी टारिदियौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *