गजल २५२
तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे
नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे,
माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी
त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे,
बिरानो भो दुनियाँ नै एकान्तलाई प्यारो ठानी
बिर्सनलाई अतीत तिमी अन्तै बसाईं सर्दैछौ रे,
साथै तर्छु नदी भन्थ्यौ आज एक्लै तर्दैछौ रे
आफैं लुट्यौ आफ्नो खुशी अनि दुःख छर्दैछौ रे !