गजल-२६१

गजलकार
गजलकार

झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया

मौलाए समाजमा किटाडु, अब मार्ने कसरी?
झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी?

समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र
अझै चुपचाप सहन्छौ कति? बरु खोला तार्ने कसरी??

छिल्लीबिल्ली छ समाज, उस्तै पार्यो घरपरिवार
त्यो जीव धाउने बाटोमा, बेरा बार्ने कसरी?

सोझा जनता बेची खान पल्केका ती गिद्धहरू
उड्दैछन् पखेटा फिँजाई, तल झार्ने कसरी?

Don't have a Facebook account? Please, use the form below with other options!