गजल-२९४

Albury, Australia

गजलकार
गजलकार

दुर्गा रिमाल
अस्ट्रलिया

मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि
अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि

दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट
मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि

भट्टिबाट निस्केर पडित बाले आगन के टेके’थे
तुरुन्तै सुन-पानी छर्काए भगवान् प्राप्तिकै लागि

पुरान चलिरहेको अवसर पारेर बा-आमालाई
मैले पनि फुल चडाए भगवान् प्राप्तिकै लागि

एउटै बिन्ती ! मेरा छोरीहरूलाई जब म मरेपछि
आफ्नै हातले आगो लगाए भगवान् प्राप्तिकै लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *