गजल: २९२
तिलारुपा आचार्य (अधिकारी)
अमेरिका
तिम्ले दिएको फरिया नी छोटो भयो आमा
हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा
दिन्, महिना भन्दै कयौ बर्ष बिते
सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा
लाचार अनि बिवस भ्यी प्रवाशिए
देश्भक्तिको नाम सधै, खोटो भयो आमा
फोछु मोछु जुमोलह्री कहाँ भेट्टौ ?
आफ्नो संसार नै यहाँ, चोटो भयो आमा
आफ्नै सन्स्कृतिले गिज्याउदै छ आज
जिन्दगीनी व्यस्थताको, रोटो भयो आमा