गजल-३४९

गजलकार
गजलकार

तिलारूपा आचार्य
ओहायो, अमेरिका

म रंगमन्च तिमी कलाकार मेरो जीवनको
सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको

मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो
रंगीयो मन, तिमी नै संसार, मेरो जीवनको

बुझ्नलाई त, इसारा नै काफी भने जस्तै
दुख्दा मुटु, तिमी नै आधार, मेरो जीवनको

मृदुभाषी, या मृगनयनी अप्सरा हौ भन्दै
गुन्जायौ धून, तिमी नै सितार, मेरो जीवनको

प्रेम, विश्वास सफ्फा मनको खानी तिमी
अनमोल छौ, तिमी नै उपहार, मेरो जीवनको

 

Don't have a Facebook account? Please, use the form below with other options!