गजल – ३७८

गजलकार
गजलकार

टंक बयलकोटी
क्यानाडा

सुन्दर बस्तीहरू मिलेर सहर भएको हो
दिन रात दुवै भएर मात्रै पहर भएको हो ।
वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर
भेटेपछि आफ्नो बनाउने ठहर भएको हो ।
मन भरि तिम्रै खुसीहरू छताछुल्ल हुन्छन्
सायद खुसीहरू बगेर नै नहर भएको हो ।
अमृत पिइरहनु असल लाग्थ्यो कुनै बेला
तर युगौंसम्म पिएर नै जहर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *