गजल-४

रमेश गौतम 
नर्वे 

देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू
बगरका सुसेलीमा एक नासले नाँचिदिनू।

अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो
परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू।

यतिबेला देश एक्लै सधैँ सधैँ रोएको छ
आँसु सबै पुछ्दैपुछ्दै तिमी चाहिँ हाँसिदिनू।

सुनकोशको तरंगमा प्रेमालाप मिलाएर
विहानीको पर्खाइमा सपना ती साँचिदिनू।

भोलि देश निश्चित नै ग्रहणबाट मुक्त हुन्छ
सम्झिएर त्यो पललाई सयपत्री गाँसिदिनू।

गजलको एउटा प्रतिकात्मक पात्र हो- ले.

2 Replies to “गजल-४”

  1. AsoC

    “प्रतिकात्मक पात्र..” ali prasta vaena. j hos gazal lastai ramro lagyo…………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *