गजल-४

रमेश गौतम 
नर्वे 

देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू
बगरका सुसेलीमा एक नासले नाँचिदिनू।

अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो
परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू।

यतिबेला देश एक्लै सधैँ सधैँ रोएको छ
आँसु सबै पुछ्दैपुछ्दै तिमी चाहिँ हाँसिदिनू।

सुनकोशको तरंगमा प्रेमालाप मिलाएर
विहानीको पर्खाइमा सपना ती साँचिदिनू।

भोलि देश निश्चित नै ग्रहणबाट मुक्त हुन्छ
सम्झिएर त्यो पललाई सयपत्री गाँसिदिनू।

गजलको म एउटा प्रतिकात्मक पात्र हो- ले.

2 Replies to “गजल-४”

  1. AsoC

    “प्रतिकात्मक पात्र..” ali prasta vaena. j hos gazal lastai ramro lagyo…………..

Don't have a Facebook account? Please, use the form below with other options!