गजल-४०८

माया भट्टराई
केन्टकी, अमेरिका

 

बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु
झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु।

सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको
ती रमाइला क्षणहरू यो मनमा कैद गरी सजाएकी छु।

मैले जन्मभूमिको माया,कर्मभूमिको माया, राष्ट्रभूमिको माया
यी तीनैवटा देशको माया मनमा बराबरी सजाएकी छु।

सानैदेखि बाहिरिएँ, खेतबारी खनजोत गर्न पाइन
अर्को जुनीमा देशमै श्रम गर्ने सपना थरी थरी सजाएकी छु।

बालकैदेखि जन्मभूमि आमाको काखबाट बाहिरिनु पर्‍यो
मैले मनमा कुलागांग्री हिमाल अनि रेभनचरी सजाएकी छु।

Don't have a Facebook account? Please, use the form below with other options!