गजल-४१०

माया भट्टराई
केन्टकी, अमेरिका

देशको माया मुटुभरि सजाएर बाँचेको छु
हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु।

जबदेखि जन्मिएको आमाको काख खोसियो
तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु।

रमाउँछ मन साथ पाउँदा कसैबाट अप्ठ्यारोमा
आए   जति  सङ्कट  पचाएर  बाँचेको   छु।

देशको यादमा तड्पिएर बिछोडको बेला
भए भरको पिडाहरू लुकाएर बाँचेको छु।

Don't have a Facebook account? Please, use the form below with other options!