गजल – ४७३

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो
मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो ।

सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर
मलाई त्यो बच्चा बाट यतिको बासी भातले बनायो ।

चाहँदा चाहँदै आज दुइटा मन जोडिन सक्दै सकेन
कस्तो यार मान्छे मान्छे बिच मजबुरी जातले बनायो ।

एउटै कारण यहाँ शत्रु पनि मेरै आफ्नै जस्तो लाग्छ
मलाई बनायो यतिका हुनु आज उसकै घातले बनायो ।

छोरालाई मास्टरले भगवान् बनाएर ल्याउनु भन्दिए
उसले बनायो आमाको तस्बिर आफ्नै हातले बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *