गजल – ४७२

गोविन्द लुइँटेल
ओहायो, अमेरिका

ठुलो शब्द राख्दैमा साहित्य बन्दैन
ठुलो स्वर गर्दैमा कसैले गन्दैन

बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै
तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन

कुरा काट्ने बानीलाई आजै त्याग्नु पर्छ
आफु पर्ने खाडल अरूले खन्दैन

चुप-चाप रहनाले पीडा मात्र बढ्ने गर्छ
सही ठाउँमा नबोले समाधान बन्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *