गजल-४९२

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम 
नर्वे 

सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी ।
देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।।
छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू ।
त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी ।।
भताभुङ्ग हुन मन छ, लथालिङ्ग हुन मन छ ।
समयको चाल रोकियोस्, त्यहीँ सँगै फस्नू तिमी ।।
थकित छु, व्यथित छु, टुक्रा-टुक्रा भएको छु ।
वसन्तका बहारले उजाड मुटु डस्नू तिमी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *