गजल-५०३

ईश्वर प्रवासी
अमेरिका

“सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन्
बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् ।

रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा…
मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् ।

चिप्लो बोली छ ओठमा, झुटो खेती छ बाहिर…
दुनियाँलाई फसाउँने मन, त्यो जालीलाई चिनेनन् ।

उर्वर बनायो खेतबारी, सर्वत्र हलो कै गुणगान छ
ढुंगामाटोलाई मिलाउने, त्यो फालीलाई चिनेनन्…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *