गजल ५१२

डिल्लु चम्लागाईँ
ओहायो

आफ्नो भएन आफन्त माया लाएर बुझेँ
बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ

अचानोको पिरको कथा सुनेको थिएँ
आज आफैँले दिलमा चोट खाएर बुझेँ

घुम्ने मेचमा बच्चो खुसी देख्थेँ सधैँ
बा- को पिडा आफैँ मेच घुमाएर बुझेँ

माया के हो भो नसिकाऊ सिक्नु छैन
पिडामा जिउन आमाले सिकाएर बुझेँ

तिमीलाई सजिलो भा छ परदेशी भन्न
देशको माया के हो परदेश आएर बुझेँ

Don't have a Facebook account? Please, use the form below with other options!