गजल ५१४

रिमेन आलोक
अस्ट्रेलिया

देश चलाउने सबै कुरा सरल सोच्दा हुन
गरिब आफ्नो पाउलाई चप्पल सोच्दा हुन

गमलामा फुल उमार्ने ती सहरका मान्छे
आफूलाई अरू भन्दा अब्बल सोच्दा हुन

गाजल लगाएको खुब मन पर्छ आजकल
देख्नेले त यो सब नक्कल सोच्दा हुन

देशको ढुकुटी रित्याउनेलाई अझै पनि
बालुवाटारमा रम्नेहरू असल सोच्दा हुन

मेरा सृजनामा सधैँ आमा र देश आउँछ
मलाई देख्ने र पढ्नेले पागल सोच्दा हुन।

Don't have a Facebook account? Please, use the form below with other options!