गजल-६५

पुरानाघरे / कन्सास, अमेरिका

छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु
विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु

वीर मर्छ बरु कुशासनको भजन गाउँदैन
कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु

मुक्तिको बाटो बडारी काँडा हाँसेर हिँड्नलाई
सम्मेमा वैरी उठाई बन्दुक ठोकेर जाँदैछु

निसानी लिई लक्ष्यमा हिँड्न भुल्दिन झुक्दिन
गर्जेर लडौं नहारौं युद्ध घोकेर जाँदैछु

विदाइको क्षण कोरेको गजल छपाउन नभुल्नु
थिएन रहर अहिलेलाई कलम रोकेर जाँदैछु

One Reply to “गजल-६५”

  1. TP Mishra

    Puranaghare ji,
    Read your piece of gazal; its heart-touching. I wish the situation as u explained will never come in Bhutan for we all are peace-lover.

    Kindly,
    TP-M

Don't have a Facebook account? Please, use the form below with other options!