गजल-१३२

लिसारा मून / काठमाडौं

आँखा जुधे तिमीसँग, दुईबाट चार भयो
त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो

आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु
तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो

हिजो मात्र भेट्दा खेरी अन्जान मान्छे थियौ तिमी
कसो गरी स्वीकारूँ म तिमीसँगै प्यार भयो

थाम्न सक्नु कहाँ मैँले छाती भरी प्यार तिम्रो
भन्न सक्नु कहाँ मैले, मनको सोझै हार भयो

Don't have a Facebook account? Please, use the form below with other options!