गजल-१५८

गजलकार

डिल्लीराम आचार्य
नर्वे

बम हान विषै विषका किउ बनाएर
ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर ।

अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो
भूटानमा पनि फ्याक जीउ बनाएर ।

संसारको भोग भोग्न तिमी जान्य रछौ
अधिकारका डल्ला फ्याक घिउ बनाएर ।

यता पनि अर्को संसार फुल्न खोजिरा’छ
हेमन्तलाई पठाइद्यौ हिउ बनाएर ।

कालो रङ सर्छ होला तिम्रो शरीरमा
सबैलाई बाँड तिम्रो बीउ बनाएर ।।

One Reply to “गजल-१५८”

Leave a Reply

Your email address will not be published. Required fields are marked *