गीत: थुँगा थुँगा फूल खसिरहेछ
राकेश कार्की
लस एन्जेलस, अमेरिका
थुँगा थुँगा फूल खसिरहेछ
दुई आत्मा मिलिरहेछ
खुसीको मिरमिरे बिहानी
क्षितिजमा उदाइरहेछ
कहिले एकान्तमा हराउछ
कहिले स्पर्शमा रमाउछ
दुई धड्कन सँगै सँगै
एक अर्कालाई समाउछ
एउटै मौसम वसन्तको
प्रतेक पल आनन्द भो
दुई जिब्रोमा एउटै मह
कस्तो मीठो माया यो
पेशाले इन्जिनियर गीतकार कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुन्।