गीत: ४८
लक्ष्मीप्रसाद दाहाल
डेनमार्क
जब म मरेर निर्जिव बन्छु
मेरो लास हेरेर नरोइदिनु ।
मैलो धुलोले पोतिएको मुहार
अनमोल आँसुले नधोइदिनु ।
छांयाँ मात्र हो भन्ने सोच, मायालाई
हाँसोमा त्यो त बद्लिन सक्छ ।
दुख्ने त्यो घाउलाई मलमपट्टि गर
वियोगको पीडा आफैँ हट्न सक्छ ।
ऐनामा उदाङ्गो सिउँदो निहाली
माया केवल भ्रम हो आँसु नझार ।
एकै क्षणको मिलनमा भुल गरेर
आफ्नो योवनलाई उल्झनमा नपार ।
सारै दुख्ने मुटुमा घात पुराइ
लामो यात्रा हाम्रो पुरा हुँदैन ।
विपति आउँछ परीक्षाको रुपमा
आतिएर रुँदैमा कहिल्यै छुट्दैन । ।