गीत

झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया

घायल बनाइदियौ जीवन
सिसा झैँ तुक्राइदियौ मुटु।
हासौं कसरी आँसु बोकी आँखामा
बाँचु कसरी पीडा बोकी मनमा।

राखेथें तिमीलाई यो मेरो मुटुमा
सधैँ सधैँ माया पाउँछु भनेर।
सजाएको िथएँ मेरा हरेक अङ्गमा
जुनी जुनी साथ पाउँछु भनेर।

आयौ तिमी हुरी – बतास बनेर
मेरा सारा खुसी उडाइ लग्यौ ।
हरायौ तिमी मलाई माया मारेर
जिउँदो जीवन मरेतुल्य पारेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *