घाइते
(गीत)
अम्बर सुब्बा
ओहायो, अमेरिका
किन तिमी गोली हानी घाइते बनाई गयौ
आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ,
घायल बनी छट्पटिएँ धेरै धेरै रोएँ
नपुगेर आफ्नो आँसु पैंचो मागी रोएँ
किन तिमी गोली हानी घाइते बनाई गयौ
आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ…,
कि त फेरि चलाऊ गोली कि त आगो लगाऊ
आफ्नै जीत सम्झी अनि खुशियाली मनाऊ,
किन तिमी गोली हानी घाइते बनाई गयौ
आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ…।