गीत

गीतकार
गीतकार

राकेश कार्की
लस एन्जेलस, अमेरिका

तिमी विना नफूलेका पारिजातहरु
तिमी विना नसुतेका हर रातहरु
कता कता छमछम पाइलाको आवाज
उजालिएर फुले खुसी अहा मुटु माझ

डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि
ढल्पलिँदै बग्दै आउँछ बैँशालु आकृति
हाँस्दै रमाउदै डुबुल्किन्छन् इच्छाहरू
सुखका तरङ्ग अनि मिठा अनुभुतिहरु

प्रेम बर्षिन्छ हिउँ झैँ फुसफुस छातीमा
छुन्छ कहिले पग्लिन्छ न्यानो ओठमा
संसार भरिको सुख मेरो स्मृति लहरमा
आफ्नो मनै हराएँ डेट्-र्-वाईट रिभरमा

पेशाले इन्जिनियर गीतकार कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *