गृष्म कुञ्ज

भानु ढुङ्गाना
क्यानाडा

यौवन वनमा खोज रमाई
देऊ कवि कविता दूर कमाई।
छौ कवि कुञ्ज घाँस लतामा
अञ्जना दिज्यू प्राण गलामा।

यौवन दिनका लाख मलाई
सत्र छ मनमा आज जलाई।
निर्झर परका कविका कावा
छौ कवि कविता पथमा धावा।

को सित पोखौँ सृजना बात
छैन मिलेको सुन्दर साथ।
नूतन दिनका फल फूल गङ्गा
कौशल रचना चित्त छ चङ्गा।

कोयल पन्छी पुष्प लतामा
शैशव कालका भित्र कथामा
कौशल मेरो चित्त सुधामा।
दौडी रहेछ कुञ्ज लतामा।

अर्ध छ नाङ्गो हैम थलामा
छैन छ रचना लोक कलामा
मौसम कञ्चन क्रान्ति खुलेको
लेख्न छ काव्य दिव्य मिलेको

अम्बुज कल्कल गृष्म धरामा
निस्कन लोक आऊ गरामा।
दुष्ट छ मदिरा चेतन-लाई
सर्जक बन्न दिन्न -गलाई ।

कौस्तुव सालक नर्तन गर्ने
वाग हरियो सुमन छ भर्ने
जाउँ न आज वाग विहार
वन बिच रम्ने हरिण छन् सार।

बाल्य दिनका यादहरू छन्
शैशव कालका कुञ्जहरू छन्
ऐया ! हुन्छ नि यौवन सम्झी!
जाँगर हीन सखिजन छन्नी!

लोक लय

Leave a Reply

Your email address will not be published. Required fields are marked *