ग्राेस न्यास्नल ह्याप्पिनेस

एक्जायड भूट्नीज 
बेलडाँगी, नेपाल
सरकार
देशमा खुशियाली छाएको मन पराउँछ
सदा म हाँसेको देख्न चाहन्छ ।
कम गाह्रारो छ
देश खुसहाल बनाइराख्न !
विचरा
घरीघरी मलाई आदेश गर्छ;
-बस् भन्छ
म बिस्तारै बस्छु
-उठ् भन्छ
थरथर काँप्दै उठ्छु
-हिँड् भन्छ
ऊ स्वघोषित एक कुशल शासक
उसको दर्जा खस्कन नदिन
म घिस्रने प्रयत्न गर्छु ।
महँगीले पिल्सिएको छ ढाड
अदुवाको भाउ नपाएर
किचिएको छ मेरो अनुहार
तर दुखी हुनु
मुख लट्काएर बस्नु
अक्षम्य अपराध हुन जान्छ
त्यति त म पनि बुझिदिन्छु ।
-सरकार मलाई हाँस भन्छ
उसको बन्दुकको मान राख्न
म ङिच्च गरिदिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *