चरीको बिलौना
राधा काफ्ले
क्यानडा
म ता बनको कन्दरामा
दुलो,गुँड,ओडारमा
जान्दिन है तल माथि
को -को बस्छन् यताउति
खान्छन् फलफूल मेरो जस्तै
या त मारी अरू कतै
खोजी छैन अरू को नि
आफैँ बाच्न गारो छ नि!!!!
भन्छन् सबले सानो तिमी
खोस्छन् कि बा चारो पनि
हिँड्दा डुल्दा लाग्छ डर
मान्ने यहाँ कसको भर?
बचेरा ती गुँडमै छाडी
उडाई चारो मुखमा च्यापी
आउँदै गर्दा लाग्छ कतै
बबुरा ती छैन लाँदै ?
डरै डरको जिन्दगी यो
खाइदिन्छ कि कसैले पो !!!
जाऊँ कहाँ छैन कोही
डुलि हिँड्छु एक्लै रोई
नयाँ वनको परिवेशमा
आएको थेँ ज्यान जोगाउन
आमा छन् ती पूर्व रुँदै
भाइ छ रे पस्सिम गुड्दै
म चैँ बिच बाटो कुर्दै
सहयोगको गुहार लाउँदै
आज सुने एउटा स्वर
चितुवा अनि बाघको कुरा
खेद्दै छन् रे मिलीजुली
नक्कली बनाई छोरा छोरी
म ता यँहि मेरै गुँडमा
नक्कली गयो रे मेरो नाममा
आफ्नै ठाउँ प्यारो हुन्छ
बेइमानीले इमान जान्छ
होसियार गर नक्कली हो
बन्ने,बनाउने तिमीहरूको
धिक्कार देला इतिहासले
दिँदा श्राप त्यो माटोले ।