चिन्ता

खगेन्द्र गाैतम 
क्यानाडा

यहाँ ,
विलीन हॅुंदैछ,
सस्कृति हराउॅंदैछ,
जीवन शैलीनै परिवर्तित
मोडमा छ।
परिवार बिच दोभासे चाहिन्छ,
साहित्य हैन भाषै मासिँदै छ,
मौलिक पहिरन नमुना
बन्दैछ,
आत्मीयता दिनप्रति दिन
टाडिँदैछ।
तर न कसैले रोक्दैछ यसलाई
न कसैले छेक्दैछ यसलाई ।
यहाँ
सिङ्गो इतिहास बोकेको
मानव सभ्यतानै जीवन मरणको
दोसाँधमा छ।
टोलाएर हेर्नेहरूको भीडमा
आखिर म पनि त छु!
कतै तिम्रो पनि उपस्थिति
यतै त हैन? कृपया
यो भीडमा त्यत्तिकै नआउनुहोला!
तिम्रो आगमन निकै भयङ्कर होस
भन्ने चाहना हो मेरो।
यहाँ बेचैनी, व्यथित,
असहिष्णुता, र अराजकताले
जरा गाडी सकेका छन्।
मानव कल्याणका लागी,
युगान्तकारी परिवर्तनका लागी
तिमी शालीन र शान्त बनेर आऊ,
ज्ञानी र ध्यानी बनेर ,
सभ्य र शिष्ट बनेर आऊ
नत्र फेरी उही नियतिहरूको पुनरावृत्ति हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *