छोड्यौ मलाई

उमा गौतम
अमेरिका
बेग्लै थियो सुर हाम्रो
अलग थियो ताल पनि
मेरो मनमा राज गर्ने तिमी
जबरजस्ति ममाथी माया बर्सायौ
मोरै मायामा तड्पी तड्पी
मलाई अङ्गालोमा बाध्ने तिमी
एकै हुने बाचा गर्यौ
सधियौं सम्म संगै जिउने आसा बोकी
लामो गन्तब्य तय गरेका हामी
नशामा मग्न थियौं
तर आज,
मेरो मायाको मुल्यलाई टुक्र्यायौ तिमीले
मसंगै रोयौ तर मेरो आशुको मोल बुझेनौ
म तडपिएँ तिम्रो लागि
म हराए तिम्रै सपनीमा
पटक पटक चिच्याए तिमीलाई बोलाउदै
तिमी चुपचाप उभियौ
सामान जस्तो, मुर्ति जस्तो
यो सन्नाटामा,
मलाई एक्लै छोड्यौ तिमीले
अरू कसैको हुन रूचायौ
खुलम खुल्ला चम्किएकी म
आज धिप धिप छु निभ्नलाई
यो मनको बलत्कार गरी
छिया छिया पार्यौ मेरो छातीलाई
फूल्न नदिइ आज निमोठ्यौ मलाई
यो कालो रातको निस्तब्धतामा ढकेलिदियौ
अनि तिमी मौन भई हेरिरयौ
लाचार जस्तो
मैले मेरो मायाको हत्या गर्न सकिन
यो तड्पेको दिल थाकिसकेको छ
झरेको छु मर्न सक्दिन
जिउने कुनै आधार छैन
प्रत्येक पल तिम्रो प्रतिऋामा सुम्पेको छु
तिम्रो अङ्गालोकोलागि तड्पेको छु
सायद तिमीले मलाई भुल्यौ होला
नया संसारमा रमाउदै होलाउ
हिजो म तिम्रै थिए
तिम्रै नाममा समर्पित हुनेछु
जुनी जुनी, सधियौ सम्म ।
Kabita man pryo.