टाढा को माया

कवि
कवि

खगेन्द्र गौतम 
क्युबेक, क्यानाडा

मिर्मिरे साझ्मा चलेको सुस्तरी सुस्तरी हावामा
तिम्रो मायाको सुगन्ध थियो ।
रानी वनमा चिरबिर चिरबिर गर्ने चरीको आवाजमा
हाम्रै मायाको गीत थियो ।
यस्तो लागिरहन्छ मलाई किन हो ?
हिमालबाट पग्लिरहेको हिउमा
तिम्रो अनि मेरो मायाको राप थियो ।

चोखो मायालाई प्रकृतिले टाढा पार्दै भन्ने कुरा
मलाई थाहा भएर होला सायद,
पापी भेलले तिमीलाई बगाई लाँदा पनि
समुन्द्रको सतहमा तिमीलाई खोज्न छाडिन मैँले ।
दक्षिणको हुरीले तिमीलाई बडारेर ल्याउँदा
तिम्रो हात समाएको थिएँ ।
सायद्, स्पर्शविहिन भएर होला
थामिरहन सकिन तिम्रा हातहरू मैँले ।
पन्छी झैँ हावा सँगै उडेर
तिमी क्षितिजमा विलीन हुँदा पनि
टिलपिल आँसु बोकी टोहोलाइरहेका
यी नयनहरु झिम्क्याउन सकिन मैँले ।
कैयौँ दिनपछि कोसौ टाढाको
बिरानो देशमा तिम्रो अवतरणको खबर सुनेँ!
तै पनि तिमीलाई भुल्न सकिन मैँले ।
माया प्रतिको त्याग बिर्सन सकिन मैँले
पीडादायक रातहरू बिताउन सकिन मैँले
फेरि सूर्य उदाएको कहिल्यै देखिन मैँले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *